दफा ४४
बीमा अभिकर्ताको कमिशन तथा प्रोत्साहन (इन्सेन्टिभ)
(१) बीमा अभिकर्तालाई बीमाशुल्क_ रकममा देहाय बमोजिम कमिशन प्रदान गरिनेछ:-
(क) जीवन बीमामा अनुसूची-९ बमोजिम,
(ख) ८ निर्जीवन बीमामा बीमाशुल्कको पाँच प्रतिशत,
(ग) लघुबीमा र स्वास्थ्य बीमामा प्राधिकरणले निर्धारण गरे बमोजिम ।
(२) “उपनियम (१) बमोजिमको कमिशन रकमको अतिरिक्त जीवन बीमाको प्रथम बीमाशुल्कमा प्रति अभिकर्ता प्राधिकरणले निर्धारण गरेको सीमाभन्दा बढी नहुने गरी प्रोत्साहन (इन्सेन्टिभ) रकम प्रदान गर्न सकिनेछ।
तर संस्थागत बीमा अभिकर्तामार्फत् हुने बीमा र नेपाल सरकारले अनिवार्य गरेको बीमामा बीमा अभिकर्तालाई प्रोत्साहन (इन्सेन्टिभ) दिन पाइने छैन।
(३) उपनियम (२) बमोजिमको प्रोत्साहन (इन्सेन्टिभ) रकम प्रदान गर्दा प्रत्येक अभिकर्तामार्फत् जारी भएको बीमालेखको नवीकरण अनुपातको आधारमा अनुसूची- १० मा उल्लेख भए बमोजिमको रकम कट्टा गरेर मात्र भुक्तानी गर्नु पर्नेछ।
(४) बीमित आफैं प्रत्यक्ष रूपमा बीमा गर्न आएमा बीमकले उपनियम (१) बमोजिमको कमिशनको पचास प्रतिशतले हुन आउने रकम बीमा शुल्कमा छुट दिनु पर्नेछ।
(५) निरन्तर सेवा प्रवाह “गरेको व्यक्तिलाई जीवन बीमकले लोयल्टी इन्सेन्टिभका/ रूपमा सुविधा प्रदान गर्न सक्नेछ।
(६) बीमा अभिकर्ताले आर्जन गरेको कमिशन तथा इन्सेन्टिभ बीमकले बीमा अभिकर्ताको इजाजतपत्र बहाल नरहेको अवस्थामा समेत निजलाई प्रदान गर्नु पर्नेछ।
(७) बीमा अभिकर्ताले आर्जन गरेको कमिशन बीमकले बीमा अभिक्र्ताको मृत्यु भएको अवस्थामा निजको सगोलको पति वा पत्नी, छोराछोरी वा बुवाआमालाई प्रदान गर्नु पर्नेछ।